मोरङमा अर्काको नाममा एसईई दिने ११६ जना पक्राउ

मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरूको नाममा परीक्षा दिइरहेका उनीहरूलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैंचाका परीक्षा केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैंचाबाट २० जना पक्राउ परेका छन् । नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानूनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर