साउदीमा थप ३३ जना नेपालीलाई एक्जिट भिसा, जतिसक्दो चाँडो साउदी छाड्नुपर्ने

साउदीमा रहेका थप ३३ जना कागजातविहीन नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन्।

रियादस्थित नेपाली दूतावासका अनुसार त्यहाँका विभिन्न कम्पनीमा कार्यरत तर आवसीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका नेपालीहरूलाई स्वदेश पठाउन प्रक्रिया अगाडि बढाइएको थियो।

इकामाको म्याद सकिएको ३ महिनाभन्दा बढी भइसकेका तथा साउदी पुगेको ३ महिनाभन्दा बढी समयसम्म इकामा नबनाइएका तथा कामको सिलसिलामा कम्पनी छाडेर भागेका कागजातविहीन (हुरुब) भएका ३३ जनाको सूची दूतावासले सार्वजनिक गरेको छ।

सूचीमा नाम भएकाहरूमध्ये एक्जिट भिसा लागेको सूचना मोबाइलमा आएको भए एयरपोर्टमा त्यही म्यासेज देखाउँदा काम गर्ने तर मोबाइलमा म्यासेज नआएको भए राजदूतावासका दमाम क्षेत्रमा कार्यरत कर्मचारीलाई सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान अनुरोध गरिएको छ।

एक्जिट भिसा लागेको जतिसक्दो चाँडो साउदी छाड्नुपर्ने दूतावासले जनाएको छ। एक्जिट भिसा प्रक्रिया निःशुल्क हुन्छ।

नेपाल फर्कने हवाई टिकट शुल्क भने सम्बन्धित व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने जानकारी दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *