उपनिर्वाचन : रास्वपाले सार्वजनिक गर्‍याे उम्मेदवारको प्रारम्भिक सूची

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार चितवन क्षेत्र नं. २, तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।

रास्वपाले चितवन क्षेत्र नं. २ मा रवि लामिछाने, तनहुँ क्षेत्र नं. १ मा डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रूपक विक घिमिरे तथा बारा क्षेत्र नं. २ मा रमेश खरेल र युवराज न्यौपानेको नाम सार्वजनिक गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *