राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो। डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभासमक्ष पेश गरेका थिए। विधेयकमाथि सांसदहरुले आफ्ना आफ्ना धारणा राखेका थिए।

विधेयकमा छलफल सकिएपछि राष्ट्रियसभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।

उनले भने, ‘माननीय सदस्यहरु‚ अब म राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु, यस प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोला, यसको विपक्षमा हुने मान्य सदस्यहरुले हुन्न भन्नुहोला। हुन्न भन्ने आवाज सुनिएन तसर्थ राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु।’

राष्ट्रियसभाको अर्को बैठक चैत १६ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *