
वैशाख १० गतेदेखि २४ गतेसम्म अयुतचण्डी महायज्ञ हुने


आगामी वैशाख १० गतेदेखि २४ गतेसम्म अयुतचण्डी महायज्ञ एवं श्री गणपति महायज्ञ हुने भएको छ ।
मारवाडी सेवा समिति नेपालको तत्वाधनमा नेपालमा पहिलोपटक यति ठूलो यज्ञ भएको आयोजकको दाबी छ । महायज्ञमा श्रीमद्भागवत कथा, सन्त सम्मेलन र श्रीकृष्ण रासलीला पनि महायज्ञका क्रममा प्रस्तुत हुने बताइएको छ । २५१ व्राह्मणद्वारा १ सय कुण्डिय विराट महायज्ञकाके आयोजना गरिएको हो ।
महायज्ञ पशुपति मन्दिर परिसर हंश मण्डप वनकालीमा हुनेछ । आयोजकले स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवं औद्योगिक क्रान्तिका लागि आयोजना गरिएको बताएको छ । महायज्ञमा अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्री प्रखराजी महाराज उपस्थित हुनेछन् ।
महायज्ञमा २५१ व्राह्मणद्वारा १५ दिनमा १० हजार दुर्गा सप्तशती पाठ, ४० हजार गणपत्यर्थर्वशीर्ष, पाठ गरी १ हजार दुर्गा सप्तशती पाठद्वारा र ४ हजार गणपत्यर्थर्व शीर्ष पाठद्वारा १ सय कुण्डमा हवन गरिनेछ । पत्रकार सम्मेलनमा बोल्दै अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्री प्रखराजी महाराजले महायज्ञले नेपालको शक्ति बढ्नुका साथै अध्यात्मिक उर्जा वृद्धि हुने र उर्जाले बौद्धिकस्तर बढ्ने बताए ।
महायज्ञमा स्वामीश्री राघवाचार्य महारजको पनि कथावाचन हुनेछ ।
- शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रह- हामीले शिक्षा ऐन ल्यायौं भन्ने पार्नको लागि दुःख गर्नु पर्दैन, सहमति गरेर घर जानुस्
- शिक्षक आन्दोलनमा घुसपेठ भएको भन्दै एक व्यक्तिमाथि हातपात
- काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा
- अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा
प्रतिक्रिया