पत्रकारले आफूमाथिका प्रश्न स्विकार्न सक्नुपर्छ : अध्यक्ष पोख्रेल

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको भन्दै सबै पत्रकारहरु सजग हुन जरुरी रहेको बताएका छन्।

आइतबार आयोजित ‘आजको पत्रकारिता, अबको पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले यस्तो बताएका हुन्।

उनले पत्रकारितामाथि विश्वसनीयताको खोजी गरिरहेको बताए। उनले पत्रकारहरुले आफूमाथि उठेका प्रश्नहरु स्विकार्न सक्नुपर्ने बताए।

उनले त्रकारहरुले आफूले प्रश्न स्विकार्न नसके अरुलाई प्रश्न सोध्ने अधिकार पनि नभएको बताए। उनले आफूमाथि उठेका प्रश्नहरु स्विकारेर सच्चिन सक्नुपर्ने बताए।

अध्यक्ष पोख्रेलले आफ्ना समाचारहरु विश्वसनीय हुनुपर्ने कुरामा हरेक सञ्चारमाध्यमहरुले जोड दिनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *