
प्रहरीको लाठी चार्जबाट प्रदर्शनकारीको मृत्यु भएको घटनाबारे संसदमा उठ्यो प्रश्न


जनता समाजवादी पार्टी, नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्बूको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आन्दोलनरत लिम्बूको प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भई ज्यान गएको उल्लेख गर्दै त्यस्ता खालको अमानवीय ज्यादती रोक्न सरकारसँग माग गरेका छन्।
गणतन्त्रमा पहिचानको अधिकार स्थापित गर्नका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेकाहरूमाथि सरकारको दमनबाट ज्यान जानु अत्यन्तै निन्दनीय काम भएको उल्लेख गर्दै उनले आइन्दा यस्ता खालका घटना नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराए।
संघीय लिम्बुवान मञ्चका नेतासमेत रहेका लिम्बूको विराटनगरमा आन्दोलनको क्रममा प्रहरीको लाठी चार्जबाट टाउकोमा गम्भीर चोट लागेको थियो। उनले चैत्र १० गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो।
- बंगलादेशमा हिन्दू नेताको हत्याको विरोधमा जनकपुरमा विरोध प्रदर्शन
- पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोप- टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्
- बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा अपहेलना मुद्दा
- विप्लवको गुनासो– प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन्
प्रतिक्रिया