कांग्रेस सांसद खतिवडाको माग- सवारी दुर्घटनाका घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गरौं

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ओखलढुंगाका २ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरूको खर्चको अभावमा उपचार गर्न कठिनाइ भइरहेको दृष्टान्त पेस गर्दै सरकारसँग सो माग गरेका हुन्।

सांसद खतिवडाले सबै बसहरूमा यात्रुहरूका लागि स्वास्थ्य बीमाको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘सवारी दुर्घटनामा परेर घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाओस् भनेर म माग गर्न चाहन्छु। ओलखढुंगामा जीप र बस दुर्घटनामा परी घाइते भएकाहरूको उपचार गर्न सक्ने अवस्था भएन। बसको बीमाको व्यवस्था नभएकाले पनि उपचार खर्चको अभाव छ। त्यसैले बसका यात्रुहरूलाई बीमाको व्यवस्था गरेर सम्पूर्ण उपचार गर्ने व्यवस्था सरकारले गरोस् भनेर आग्रह गर्न चाहन्छु।’

सांसद खतिवडाले उच्च तहका व्यक्तिहरूलाई भने राज्यले स्वास्थ्य उपचारको नाममा ठूलो धनराशि खर्च गर्दै आएको तर सर्वसाधारणले भने खर्चको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाइ गर्न नहुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर