![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
मुलुकमा साम्प्रदायिकताको कुनै स्थान छैन : ओली
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![मुलुकमा साम्प्रदायिकताको कुनै स्थान छैन : ओली](https://www.pardafas.com/wp-content/uploads/2023/01/KP-Oli-001.jpg)
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन्।
कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको ओलीको छ।
शनिबार काठमाडौंमा आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए।
विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेशनको नेतृत्वलाई निर्देशन दिए।
अध्यक्ष ओलीले नेपाल बसोबासको हिसावले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले काम गर्नुपर्ने बताउए।
अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरुको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यकता रहेको बताए।
प्रतिक्रिया