चिनियाँ पर्यटकको नेपाल बसाइ लम्ब्याउन र मजबुत पर्यटन नीति ल्याउन व्यवसायीको माग

पर्यटन व्यवसायीहरुले चिनियाँ पर्यटकको नेपाल बसाई लम्ब्याउन, सडक पूर्वाधारको विकास गर्न र मजबुत पर्यटन नीति बनाउन माग गरेका छन् ।

पर्यटन व्यवसायीहरुले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचिमा राखेकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटकमा वृद्धि हुने भन्दै बसाई लम्ब्याउन र पूर्वाधार निर्माणमा जोड दिन माग गरेका हुन् ।

कोभिड–१९ महामारीको कारण चीन सरकारले चिनियाँ नागरिकलाई विदेश घुम्न रोक लगाएको थियो । तर केही दिनअघि मात्रै चीन सरकारले आफ्ना नागरिकका लागि नेपाललाई गन्तव्य मुलुकको दोस्रो सूचिमा राखेको छ । चिनियाँ नागरिकका लागि गन्तव्य मुलुकको पहिलो सूचिमा थाइल्याण्ड लगायत अन्य मुलुक परेका छन् । नेपालमा सन् २०१९ सम्म चिनियाँ पर्यटकको आगमन उल्लेख्य मात्रामा रहेको थियो ।

तर कोरोना महामारीको कारण चिनियाँ पर्यटक आगमन कम हुँदै आएको छ । पर्यटन व्यवसायीहरुले न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै निजी क्षेत्र नेपाल आउने पर्यटकहरुलाई सेवा दिनको लागि भौतिक संरचना लगायत अन्य सेवाका लागि तयारी अवस्थामा रहेको बताए । पर्यटन व्यवसायी सुदर्शन नेपालले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचीमा राखेकाले नेपालले हवाई उडानलाई नियमित सिधा उडान सेवा थप बिस्तार गर्नुपर्ने बताए ।

उनले नेपालमा आउने चिनियाँ पर्यटकको नेपाल बसाइलाई बढाउनको लागि गन्तव्य स्थानको भौतिक संरचना बनाउन आवश्यक रहेको बताए । उनले चिनियाँ पर्यटक आउँदा होटल, गाइडहरुले प्रत्यक्ष रुपमा लाभ लिनुका साथै नेपाली उत्पादनहरु समेत बढी खपत हुने बताए ।

उनले चिनियाँ नागरिकहरु समूहमा घुम्न रुचाउने तर सरकारले विदेश जान रोक लगाएकाले विदेशमा पर्यटक बनेर घुम्ने मौका कम भएपनि अब चीन सरकारले नै बाहिरी देश जान अनुमति दिएसँगै नेपालमा आउने चिनियाँ पर्यटकमा विगतको भन्दा वृद्धि हुँदै जाने अपेक्षा गरे ।

त्यस्तै,अर्का होटल व्यवसायी अभिषेक साहले सरकारले चीनका पर्यटक ल्याउनको लागि नियमित रुपमा चीन—नेपाल हवाई उडानको व्यवस्था गर्नुपर्ने बताए । उनले सरकारले निजी क्षेत्रले चार्टर उडानको व्यवस्था गर्न सक्ने गरी सरकारले सहजिकरण गर्नु सक्नुपर्ने बताउनु भयो । उहाँले कति चिनियाँ पर्यटक नेपाल ल्याउने भन्ने मुख्य भुमिका सरकारको भएको बताए ।

उनले सरकारले सबैभन्दा पहिला पर्यटन नीति बनाउन आवश्यक रहेको पनि बताए । उनले सरकारले निजी क्षेत्रलाई भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गरे नेपालका पर्यटक बढ्ने बताए ।

उनले सरकारले पर्यटकको नेपाल बसाइ बढाउनको लागि सडक पूर्वाधार सुधार र मजबुत नीति बनाउनुपर्ने बताए । उनले सरकारले नेपाललाई पर्यटकीय गन्तव्यको ब्राण्डिङ बनाएर अन्तर्राष्ट्रिय थप दुई विमानस्थलमा छुट प्याकेज ल्याउनुपर्ने बताए ।

व्यवसायी साहले नेपालमा घुम्नको लागि चीनले खुला गर्नु नेपाली पर्यटन व्यवसायीको लागि खुशीको विषय भएको उल्लेख गरे । उनले नेपाल आउने पर्यटकहरुलाई सेवा दिनको लागि निजी क्षेत्र तयारी अवस्थामा रहेको बताए ।

उनले होटल लगायतका भौतिक संरचनाहरु २०१९ मा १२ लाख पर्यटक आगमन हुँदा त्यही अनुसारको तयारी भएको बताए । चिनियाँ पर्यटक आउँदा काठमाडौंमा घुम्न राख्ने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *