![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
प्रशिक्षक उत्पादन गर्दै माओवादी केन्द्र
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![प्रशिक्षक उत्पादन गर्दै माओवादी केन्द्र](https://www.pardafas.com/wp-content/uploads/2023/03/Maoist-1.jpg)
सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ।
माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबारदेखि ‘केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ चलिरहेको छ। यस कार्यक्रममार्फत जिल्ला–जिल्लामा पार्टीको प्रशिक्षक उत्पादन गर्न लागिएको जनाइएको छ।
प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट एक जना, प्रत्येक प्रदेशबाट २/२ जना, जनवर्गीय संगठनका केन्द्रीय अध्यक्षहरु र केन्द्रीय स्कुल विभागका सदस्यहरुको उपस्थिति रहेको छ।
चैत ११ गतेसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रका शीर्ष नेताहरु तथा विषयविज्ञहरुले प्रशिक्षण दिने पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए। स्कुल विभागले तय गरेअनुरुपको पाठ्यक्रममा आधारित भएर २६ वटा कक्षा प्रशिक्षार्थीहरुलाई दिइने उनले बताए।
उपमहासचिव तथा केन्द्रीय स्कुल विभागका संयोजक पोखरेलले पार्टीको विचारधारात्मक स्तर निकै कमजोर हुँदै गएकोले यस किसिमको प्रशिक्षण आवश्यक परेको बताए।
उनले प्रशिक्षणबाट आलोचनात्मक चेत भएको मान्छे उत्पादन गर्ने, कार्यकर्ताहरुलाई जनसमुदायसँग गाँसिएको सेवक बनाउन खोजिएको उल्लेख गरे।
प्रतिक्रिया