काठमाडौंमा चैत ४ र ५ गते नेकोस जुडो च्याम्पियनसिप हुने

चैत ४ र ५ गते काठमाडौमा आयोजना हुने नेकोस छैठौ अन्र्राष्ट्रिय जुडो च्याम्प्यिनसिपमा १९ टोलीले सहभागिता जनाउने भएका छन्।

नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघ, नेपाल र नेपाल जुडो संघको संयुक्त आयोजनामा वार्षिक कार्यक्रम अनुसार चैत ४ र ५ गते छैठौं अन्तर्राष्ट्रिय प्रतियोगिता अयाोजना हुन लागेको हो। प्रतियोगितामा कुल १९ टोलीले सहभागिता जनाउने आयोजकले मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिता खुशिबुस्थित नयाँबजारको कभर्डहलमा आयोजना हुनेछ । चैत्र १ र २ गते रेफ्रि सेमिनार र ३ र ४ गते प्रतियोगिताको दौरानमा परीक्षा हुनेछ । यस्तै चैत्र १ गते ३५ वर्ष भन्दा माथिका भेट्रान्स खेलाडीहरूका लागि नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता हुनेछ।

यस्तै चैत ४ र ५ गते भुटान र जापानसहित नेपालको विभिन्न जिल्लाहरू बाँके, दाङ, कास्की, मकवानपुर, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, ललितपुर भक्तपुर, पर्सा तथा काठमाडौं जिल्लाहरुसहित उपत्यकाभित्र रहेका विभिन्न क्लव, डोजो, विद्यालय, कलेज, संघ सस्थासहित जम्मा १९ टिमले नेकोस–छैठौ“ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता–२०७९, मा सहभागी जनाउनेछन् । यस प्रतियोगितामा सब–क्याडेट (१५ वर्षभन्दा मुनि), क्याडेट (१५ वर्षदेखि १८ मुनि सम्मका) र जुनियर (१५ वर्षदेखि २१ मुनि सम्मका) गरी तीन तहमा विभाजन गरी खेलाइनेछ । साथै खेलाडीहरूको उमेर अंग्रेजी क्यालेण्डर अनुसार मापन गरिएको छ । यस प्रतियोगितामा विजेता हुने तीनवटै तहका खेलाडीहरूई पदक तथा प्रमाणपत्र तथा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफि र उत्कृष्ट महिला तथा पुरुष १÷१ जना खेलाडीहरूलाई समेत ट्रफि प्रदान गरिने छ।

यस प्रतियोगितामा सहभागि सम्पूर्ण खेलाडीरू, अफिसियल तथा निर्णायकहरूलाई कार्यक्रम अवधिभर खाना, खाजा तथा बसोबासको सम्पूर्ण व्यवस्था समेत गरिएको छ। यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई जुनियर तर्फ क्रमशः राष्ट्रिय टिम ए, टिम बी र टिम सि बनाइनेछ। प्रतियोगितामा महिला १ सय ४ र पुरुष १ सय ४९ गरी जम्मा २ सय ५३ जनाले सहभागी जनाउनेछन्। यस प्रतियोगिताको अनुमानित बजेट १३ लाख ९५ हजार गरिएको।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *