ओखलढुंगामा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए दम्पती

ओखलढुंगामा एक वृद्ध दम्पतीको शव फेला परेको छ। जिल्लाको मोलुङ गाउँपालिका-२ लामीडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

सो घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *