संक्रमणकालीन न्यायसम्बन्धी विवाद छिटो टुंगो लगाउने सरकार समर्थित दलहरूको निर्णय

सरकार समर्थित दलहरूले संक्रमणकालीन न्यायसम्बन्धी विवाद छिटो टुंगो लगाउने निर्णय गरेका छन् । आइतबार साँझ प्रधानमन्त्रिको सरकारी निवास बालुवाटारमा बसेको सरकार समर्थित आठ दलहरूको बैठकले संबिधान र लोकतन्त्रको उपलब्धिको रक्षा गर्दै संक्रमणकालीन न्यायको विषय छिट्टै टुंगो लगाउने निर्णय गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग सँग कुरा गर्दै नेपाली कांग्रेसका सांसस तथा प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विवाद संसद्को चालु अधिवेशनमा टुङ्गो लगाउने गरी अगाडी बढाइने बताए । द्वन्द्वकालीन घटनालाई निष्कर्षमा लौजानु सबै राजनैतिक दल तथा सबै पक्षको दायित्व भएको उनले बताए ।

बैठकमा सहभागी भएका सरकार समर्थित ९ दलका नेताहरूले संविधानको सुरक्षा र लोकतन्त्रको रक्षाको लागि सबै एकजुट हुने प्रतिबद्धता जनाएको नेता लेखकले जानकारी दिए ।

यस्तै बैठकले विभिन्न माग र मुद्दा लिएर सडकमा अवाञ्चित गतिविधि बढेको प्रति राजनैतिक दल सजग हुनुपर्ने समझदारी बनाएको छ । सडकमा संविधानविपरीत क्रियाकालाप हुन थालेकोले यस्ता गतिविधिलाई रोक्न सबै एकताबद्ध हुने निष्कर्ष निकालेको पनि नेता लेखकले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *