रहेनन् एकीकृत समाजवादीका नेता सराेज उपाध्याय

नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ।

शनिबार दिउँसो शंखमूलस्थित बबिन रेष्टुरेन्टको ६ तलामाथिबाट खसेर गम्भीर घाइते भएका उपाध्यायको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा अपराह्न निधन भएको  अस्पताल प्रशासनले जनाएकाे छ। सरोज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सहोदर भाइ हुन्।

उनी दिउँसो सवा २ बजे रेष्टुरेन्टको छैटौं तलाबाट खसेका थिए। खसेर गम्भीर घाइते भएका उनलाई सुरुमा सिभिल अस्पताल लगिएको थियो। थप उपचारका लागि उक्त अस्पतालबाट माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए।

‘बिहानैदेखि रेष्टुरेन्टमा पुगेर खाजा खाँदै बस्नुभएको बुझिएको छ। कसरी खस्नुभयो भन्ने खुलेको छैन,’ एसएसपी कार्की भने, ‘हामी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेका छौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *