रेष्टुरेन्टको ६ तलामाथिबाट खसेर माधव नेपालका भाइ सरोज गम्भीर घाइते

एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्याय गम्भीर घाइते भएका छन्। शंखमूलस्थित बबिन रेष्टुरेन्टको ६ तलामाथिबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। सरोज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सहोदर भाइ हुन्।

उनको अहिले माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको र आफू पनि त्यहीँ रहेको एसएसपी कार्कीले बताए।

‘बिहानैदेखि रेष्टुरेन्टमा पुगेर खाजा खाइरहनुभएको थियो। कसरी खस्नुभयो भन्ने खुलेको छैन। म पनि यहीँ अस्पतालमै छु,’ एसएसपी कार्की भने, ‘अहिलेसम्म अस्पताल प्रशासनले उहाँको अवस्थाबारे केही जानकारी गराएको छैन। हामी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेका छौं।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *