राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभा बैठक सर्याे : संसद् सचिवालय
१७ फागुन २०७९ १६:३६
संघीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ । प्रतिनिधि सभाको १४औं बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यसूची थियो । तर, संघीय संसद् सचिवालयले सूचना टाँस गरी आगामी चैत्र ५ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ ।
न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक पर सार्नुपरेको बताए । उनले सभामुख देवराज घिमिरे इन्टर पार्लियामेण्ट्री युनियन (आईपीयू) को बैठकमा भाग लिन आगामी फागुन २६ गते बहराइन जाने कार्यक्रम रहेकाले पनि बैठक पछि सारिएको बताए ।
प्रवक्ता गिरीले लगत्तै फागु पूर्णिमा, नारी दिवस लगायतका दिनहरू परेकाले पनि बैठक तत्कालै राख्न नसकिने अवस्था रहेको उल्लेख गरे ।
प्रतिक्रिया