बैठक छाडेर सांसदहरू बाहिरिने गरेको भन्दै उपसभामुखको असन्तुष्टि

उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छाडेर सांसदहरू बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरू प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले बैठकमा खाली सिट देखिन थालेको बताइन्। उनले प्रतिनिधि सभा सांसदविहिन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताइन्।

उनले आफूले कुनै पनि काम अनुशासित भएर दिलदेखि गर्ने बताइन्। उनले सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भनी प्रश्न गरिन्।

उनले भनिन्, ‘तपाईंहरू लाइभ हेर्नुहुन्छ होला, हाम्रो प्रतिनिधि सभामा कोही बेला खाली खाली सिट हुन्छ। मलाई दुःख लाग्छ। घरिघरि त धैर्यता लिँदालिँदा पनि इरिटेड हुन्छ। मलाई त प्रेसर पनि आइसक्यो। अस्तिसम्म त प्रेसर पनि थिएन।’

उपसभामुख रानाले संसद्मा जनताका कुराहरूलाई अनुशासित र मर्यादित रूपले उठाउने र विधेयकहरू बनाउने पनि बताइन्।

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन्। आफू उपसभामुखको रूपमा काठमाडौंमा मात्र नबसी जनताका कुराहरू सुन्न जिल्ला-जिल्लामा पुग्जे उनले उल्लेख गरिन्।

उपसभामुख रानाले महिलाहरू समानुपातिक र समावेशिताको दृष्टिले मात्रै नभई खुला रूपमा पनि राज्यका विभिन्न तहमा पुग्नुपर्ने बताइन्। राज्यका निकायमा ५० प्रतिशत महिला पुर्‍याउन प्रयास गर्नुपर्ने उनको भनाइ छ। महिलाहरू पार्टीको ‘रबरस्ट्याम्प’ बन्न नहुने उनले बताइन्।

उपसभामुख रानाले सीमान्तकृत बालबालिका, असहाय बालबालिका र ज्येष्ठ नागरिकका लागि देशले राम्रो कानून नबनाएको देखेर आफू राजनीतिमा आएको बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर