देशको कमजोर आर्थिक अवस्थाले युवाहरू लागुऔषध दुर्व्यसनीमा फसे : अरुण चौधरी

नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सांसद अरुणकुमार चौधरीले देशको आर्थिक अवस्था कमजोर हुँदा युवाहरू लागुऔषध दुर्व्यसनीमा फसेको बताएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा उनले विभिन्न समयमा गरिएको सर्वेक्षणले ठूलो संख्यामा युवाहरू लागुऔषध दुर्व्यसनीमा फसेको देखिएको र यसको मूल कारण देशको कमजोर आर्थिक अवस्था भएको बताएका हुन्।

दुर्व्यसनीमा फसेका युवाले लागुऔषध सेवनमा ठूलो रकम खर्च गर्ने गरेको भन्दै उनले युवाहरूलाई दुर्व्यसनीबाट बचाउन सके देशको वर्तमान आर्थिक संकट समाधानमा सहायोग पुग्ने आशय व्यक्त गरे।

उनले लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षणसमेत गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर