संसद्मा उठ्यो हात्ती आतंक नियन्त्रणको विषय
१२ फागुन २०७९ १४:०७
नेकपा (एमाले)का सांसद महेशकुमार बर्ताैलाले मकवानपुर जिल्लाको विभिन्न बस्तीमा आतंकित तुल्याउने एमगज नामक हात्तीलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्ताैलाले सोही हात्तीको आतंकबाट मृत्यु भएकी मनोहरी गाउँपालिकाकी ६४ वर्षीया राधा अधिकारीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे।
उनले एक सातायता मकवानपुरको विभिन्न बस्तीमा सो हात्तीले आतंक सिर्जना गर्दा पनि वन मन्त्रालय र त्यस मातहतका निकायले नियन्त्रणका लागि कुनै पनि पहल नगरेको भन्दै आपत्ति जनाए।
सांसद बर्ताैलाले सो हात्तीले आतंक फैलाएपछि विद्यार्थीहरू विद्यालयसमेत जान नसक्ने अवस्था उत्पन्न हुुँदा पनि त्यहाँको वन विभाग, राष्ट्रिय निकुञ्जले नियन्त्रणका लागि चासो नदिएको गुनासो गरे।
प्रतिक्रिया