
तीन दलको बैठक निष्कर्षविहीन, प्रधानमन्त्री प्रचण्डले भोलि ओलीसँग छलफल गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भोलि एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने बताएका हुन् ।
उनले दिउँसो अध्यक्ष ओलीसँग छलफल हुने जानकारी दिए । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको छ । यस्तै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग पनि भोलि नै थप वार्ता गर्ने बताए ।
- त्रिशूली दुर्घटना : मोटरसाइकलसहित उद्धार गरिएका तामाङको मृत्यु, बेपत्ताको खोजी जारी
- अगामी आर्थिक वर्षको बजेट मुलुकमा विद्यमान समस्याको हल हुनेगरी ल्याउँछौं : अर्थमन्त्री पौडेल
- धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूत नियुक्त
- ‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग
प्रतिक्रिया