आजदेखि १५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदै

आजदेखि देशका १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदैछ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार आजदेखि यही फागुन २५ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधी १५ जिल्लामा खुवाइँदै छ ।

मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधी खुवाउन थालिएको छ । औषधी वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाई खुवाइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए ।

औषधी दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । औषधीले शरीरमा हात्तीपाइलेको परजीवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ । हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तीपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने गर्दछ ।

शरीरमा हात्तीपाइलेको परजीवी रहेछ भने औषधीले मार्दछ र हात्तीपाइलेका कारण शारीरिक अपांता हुँदैन । सरकारले औषधी निःशुल्क उपलब्ध गराउनेछ । सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *