संसद्मा रघुजी पन्तकाे प्रश्न- याे देशका राष्ट्रपतिकाे नाम विदेशीकाे ट्विटमा हेर्नुपर्ने?

सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का सांसद रघुजी पन्तले विदेशीहरूले नेपालमा गरेको भेटघाटबारे नियमन गर्न सरकारसँग माग गरेका छन्।

नेपालको राष्ट्रपति निर्वाचनअघि भारतीय विदेशसचिव विनयमोहन क्वात्राले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ताप्रति आपत्ति जनाउँदै उनले कहिल्यै पराधीन नभएको मुलुकका लागि लाजमर्दो विषय भएको टिप्पणीसमेत गरे।

बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले भारतीय पूर्वप्राध्यापक एसडी मुनीको ट्विटमा नेपालको राष्ट्रपतिको नाम पढ्नुपर्ने अवस्था आउनु दुखद् भएको बताए। उनले नेपालका राजदूतले भारतका विदेशमन्त्रीसमेत भेट्न नपाउने तर त्यहाँका विदेशसचिवले नेपालका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसमेत भेट्न पाउने विषय सही नभएको पनि बताए।

सांसद पन्तले विदेशीसँगको भेटलाई औपचारिकता दिने भनेर सरकारले भने पनि सो अनुसारको काम गर्न नसकेको आरोपसमेत लगाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *