इन्जा खोजी पत्रकारिता पुरस्कार दाहाल र वाग्लेलाई

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको खोजी पत्रकारिता पुरस्कार यस वर्ष दुई जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार मातृका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने निर्णय भएको हो । वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले पत्रकारद्वय दाहाल र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कृत पत्रकार दाहालले २०६४ सालबाट पत्रकारिता सुरु गरेका थिए । उनले सुशासन, सार्वजनिक प्रशासन, आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासोलगायत विषयमा कलम चलाउँदै आएका छन् ।

दिव्यदर्शन राष्ट्रिय साप्ताहिक, रहस्य राष्ट्रिय साप्ताहिक हुँदै कारोबार दैनिक, नागरिक दैनिक र हाल कान्तिपुर दैनिकमा कार्यरत छन् ।

त्यस्तै पुरस्कृत अर्की पत्रकार वाग्ले विगत १५ वर्षदेखि पत्रकारितामा संलग्न रहदै आएकी छन् । महिलामाथि हुने विभेद, सार्वजनिक प्रशासनलगायतका विषयमा कलम चलाउँदै आएकी पत्रकार वाग्ले राजधानी, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका हुँदै हाल आईएनएस डटकममा कार्यरत छिन् ।

५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात् फागुन १७ गते प्रदान गरिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *