हिमाल अस्पतालको लापरबाहीका कारण छाेरीकाे ज्यान गएको आरोप, क्षतिपूर्ति माग

अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाकी आफ्नी छोरीले ज्यान गुमाएको मोरङका एक दम्पतीले आरोप लगाएका छन् । उनीहरूले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालसँग उचित क्षतिपूर्तिको माग समेत गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोरङकी गंगा गौतमले आफ्नी छोरी प्रशंसाको उपचारका क्रममा लापरबाही गरिएको आरोप लगाएकी हुन् । उनले अस्पताल र त्यहाँ कार्यरत चिकित्सक जयदेव यादवसँग क्षतिपूर्तिको माग गरिन् ।

उनीहरूले उपचारका लागि प्रशंसालाई गएको माघ २३ गते उक्त अस्पतालमा पुर्‍याएका थिए । उनीहरूका अनुसार त्यति बेला प्रशंसालाई सामान्य रुघाखोकी लागेको थियो । डा. यादवकै लापरबाहीका कारण प्रशंसाको ज्यान गएको गंगाको बुझाइ छ ।

उनका अनुसार उपचारमा लापरबाही गरेको भन्दै उनले डा. यादवको लाइसेन्स छानबिन गर्न नेपाल मेडिकल काउन्सिललगायत निकायमा उजुरी पनि दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *