पोल्यान्डका नेपाली कन्सुलरलाई मानव तस्करीको आरोप, बर्खास्ती मागसहित प्रधानमन्त्री कार्यालयमा उजुरी

पोल्यान्डको वारसा क्षेत्रका लागि नेपाल सरकारको तर्फबाट अवैतनिक वाणिज्यदूत (कन्सुलर) रहेका डा. बोधराज सुवेदीविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । सुवेदी मानव तस्करीमा संलग्न रहेकाले उनलाई पदमुक्त गर्न माग गर्दै गत २५ माघमा उजुरी परेको हो ।

इन्टरनेशनल इन्टेलिजेन्ट्स ब्यूरो नामको निवेदकले दायर गरेको ४१३७ दर्ता नम्बर रहेको उक्त उजुरीपत्रमा सुवेदीमाथि आवश्यक छानबिन गर्न पनि माग गरिएको छ । उजुरीमा नेपाल सरकारको छात्रवृत्तिमा सन् १९८९/९० मा अध्ययनका लागि पोल्याण्ड गएर सुवेदी उतै लुकेर बसेको र त्यहाँको नागरिकतासमेत लिएको उल्लेख छ ।

उनले रमेशकुमार मल्ल र गीता पुनलाई युरोप लगेको स्विकारेको पनि उजुरीपत्रमा उल्लेख छ । मानव तस्करीमा संलग्न व्यक्तिलाई त्यहाँको अवैतनिक वाणिज्य दूत बनाउँदा नेपालीको शिर झुकेको उजुरीमा जनाइएको छ ।

सुवेदीमाथि एनआरएनए पोल्यान्डको अध्यक्ष हुँदा सन् २००९ को नयाँ वर्षमा आयोजित कार्यक्रममा सहभागिताका लागि भन्दै ८ जना नेपालीलाई अवैधानिक तरिकाले पोल्याण्ड ल्याएर मानव ओसारपसारमा संलग्न भएको आरोपसमेत छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *