मकवानपुरमा हात्तीको आक्रमणबाट वृद्धा घाइते भएको आक्रोशमा स्थानीयले जलाए आर्मी पोष्ट

मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धा घाइते भएपछि आक्रोशित स्थानीयले आर्मी पोष्ट जलाएका छन्।

सोमबार बिहान करेसाबारीमा काम गरिरहेकी मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीलाई जंगली हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो। सो घटनापछि आक्रोशित स्थानीयले मनहरी-३ लामिटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोडसहित आगजनी गरेका हुन्।

स्थानीयको तोडफोड र आगजनीबाट सेनाले सुरक्षा गस्तीका लागि प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा क्षति पुगेको छ। हात्ती नियन्त्रणमा लिन र धपाउन बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन्।

हात्तीको आक्रमणमा परेकी महिलाको अहिले हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *