कर्मचारीलाई तलब नदिएपछि गुण एयरका सबै उडान बन्द गर्न प्राधिकरणको निर्देशन

नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ। उडानमा संलग्न कर्मचारीलाई तलब नदिएकाे खुलेपछि प्राधिकरणले उडान बन्द गर्न निर्देशनसहित पत्र काटेकाे हाे।

पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउण्डेड गर्न सोमबार नै पत्र पठाइएको छ।

गुणका उडान गत बुधबारदेखि नै बन्द छन्। यसअघि गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै गरेको र पाइट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो। यद्यपि आइतबारदेखि नियमित उडान गर्ने कम्पनीको भनाइ थियो। तर, उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ।

गुण एयरका हाल तीन वटा जहाज सञ्चालनमा छन्। यी जहाजले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरालगायतका गन्तव्यमा उडान गर्दै आइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर