नेपालमा दोस्रो पटक क्रस कन्ट्री च्याम्पियनसिप हुँदै
नेपाल एथलेटिक्स एशोसिएशनको तात्वावधानमा फागन तेस्रो साता १६ औं संस्करणको एशियन क्रस कन्ट्री च्याम्पियनसिप हुने भएको छ।
आईतवार नेपाल एथलेटिक्स एशोसिएशनले पत्रकार सम्मेलन गरेर १६ औं संस्करणको एशियन क्रस कन्ट्री च्याम्पियनसिप फागुन २३ गते नेपालमा आयोजना हुने जनाएको हो।
प्रतियोगितामा नेपालसहित विभिन्न देशका ३० देखि ४० राष्ट्रका करिव ४ सय ५० खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी दियो। गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा सञ्चालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलो मिटर र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलो मिटरका कुल ४ विधामा व्यक्तिगत र टिम ईभेन्ट्सहरुमा प्रतिष्पर्धा हुनेछ।
यस प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गर्ने लागेको हो। यस अघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो। यस प्रतियोगितामा नेपालबाट सहभागिता जनाउने खेलाडी फागुन ९ गते छनोट गरेर बन्द प्रशिक्षणमा राखिनेछ।
प्रतिक्रिया