एसएस फाउण्डेशनद्वारा भक्तपुर र दोलखाका विद्यालयहरूलाई झोला सहयोग

एसएस फाउण्डेशनले ९ वटा विद्यालयहरूलाई झोला सहयोग गरेको छ। आज प्रजातन्त्र दिवसको अवसर पारेर एसएस फाउण्डेशनले दोलखाका ५ र भक्तपुरका ४ गरी ९ वटा विद्यालयहरूलाई झोला सहयोग गरेको हो।

फाउण्डेशनले विद्यार्थीहरूलाई अध्ययन गर्नका लागि सहज होस् भनेर झोला विद्यालयलाई बुझाएको र विद्यालयले विद्यार्थीहरूलाई सो झोला प्रदान गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले बताए। उनले शैलुङ गाउँपालिका ८, दोलखाको श्री चण्डिका आधारभूत विद्यालयसहितका अन्य विद्यालयहरूलाई झोला वितरण गरेको बताए। बालबालिकाको पढाइका लागि झोला महत्त्वपूर्ण कुरा भएको बताए।

यसअघि पनि फाउण्डेशनले देशका विभिन्न स्थानका विद्यालयमा स्कुले विद्यार्थीहरूलाई झोला वितरण गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर