इन्जा फोटो पत्रकारिता पुरस्कार श्रेष्ठद्वयलाई

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षदेखि सुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कार लामो समयदेखि कार्यरत २ जना फोटो पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ।

फोटो पत्रकारिताको माध्यमद्वारा नेपाली समाज तथा आम नागरिकलाई सुसूचित गराउँदै आएका वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ र सुरेशकुमार श्रेष्ठ (सूरज श्रेष्ठ)लाई प्रदान गर्ने निर्णय गरेको इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले जानकारी दिए।

वि.सं. २०५२ सालदेखि नेपाल समाचारपत्रबाट फोटो पत्रकारिता सुरु गरेका नरेन्द्र श्रेष्ठले कान्तिपुर पब्लिकेसन, लस एन्जलस टाइम्स, न्यूर्योक टाइम्स, टाइम्स म्यागजिन, गार्डियन डेली, टेलिग्राफ यूके, इन्डिपेन्डेन्ट यूके, फाइनान्सियल टाइम्स, वालस्ट्रीट जर्नल, द टाइम्स लण्डन, डाइ वेल्ट, नेशनल ज्योग्राफी, वाशिंगटन पोष्ट लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन्।

त्यसैगरी पुरस्कृत हुने अर्का फोटो पत्रकार सुरेशकुमार श्रेष्ठ ( सूरज श्रेष्ठ)ले पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका छन्। २०६२ सालबाट फोटो पत्रकारितमा संलग्न रहेका श्रेष्ठ विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध रहेर सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन सफल छन्।

५०-५० हजार राशिको उक्त पुरस्कार नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को स्थापना दिवस मार्च १ अर्थात् फागुन १७ गते प्रदान गरिने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *