दुई दिने औपचारिक नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किए भारतीय विदेशसचिव क्वात्रा

नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी भारतका विदेशसचिव विनयमोहन क्वात्रा स्वदेश फर्किएका छन्।

भारतीय वायु सेनाको विशेष विमानबाट उनी दिल्ली प्रस्थान गरेका हुन्। क्वात्राको बिदाइका लागि परराष्ट्रसचिव भरतराज पौड्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।

क्वात्रा परराष्ट्रसचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार बिहान नेपाल आएका थिए।

नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीत्रय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, यस्तै पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, ऊर्जामन्त्री एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनता प्रगतिशील पार्टीका नेता हृदयेश त्रिपाठीलगायतसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर