पाँच दिने भ्रमणका लागि रक्षामन्त्री उप्रेती भारत प्रस्थान

रक्षामन्त्री हरिप्रसाद उप्रेती मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।

भारतको बेंग्लुरु कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड-डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औं संस्करणमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *