चिकित्सकहरूको आन्दोलन स्थगित, सुरक्षा कार्यविधि सच्याउन सरकार तयार

प्रहरीले चिकित्सकमाथि कुटपिट गरेको विरोधमा अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सक आन्दोल स्थगित गर्न सहमत भएका छन्।

आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्तापछि आन्दोलन स्थगित गर्न चिकित्सक सहमत भएका हुन्।

सरकारसँग विशिष्ट व्यक्तिहरूको सुरक्षा कार्यविधि, २०७७ परिमार्जनलगायतका ६ बुँदे  सहमतिपछि चिकित्सकहरू आन्दोलन स्थगित गरेर काममा फर्कन तयार भएका हुन्। 

वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ।

यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले राष्ट्रपतिकाे सवारीका बेला हिँडेकाे भन्दै लाठी चार्ज गरी घाइते बनाएकाे थियाे। उक्त घटनाकाे विराेधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो। अस्पतालका सेवा बन्द हुँदा मर्कामा बिरामीहरू मर्कामा परेका थिए र बिरामीहरूका परिवार र आफन्त पनि आन्दोलनमा उत्रिएका थिए।

यस्ताे छ सहमति :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *