विवेकशील साझाले आन्दोलन फूल रोपेर पनि हुन्छ भन्ने भाष्य बनायो : मिलन पाण्डे

विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले कांग्रेस, एमाले, माओवादी, राप्रपाबाहेक पनि वैकल्पिक शक्ति बन्न सक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको बताएका छन्। शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले परिणामस्वरूप आज मुख्य मानिएका दलहरूबाहेकको विकल्प हुन सक्छ भन्ने कुरा स्थापित भएको दाबी गरे। उनले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहीत छैन र होइन भन्ने भाष्य प्रमाणित गरेर देखाएको बताए।

उनले आफ्नो पार्टीले आन्दोलन टायर बालेर, नेपाल बन्द गरेर मात्रै हुने भाष्यलाई चिर्दै फूल रोपेर, अनसन बसेर र नेपाल खुला राखेर पनि आन्दोलन हुन्छ भन्ने भाष्य निर्माण गरेको बताए।

नेता पाण्डेले आफ्नो पार्टीले सुरु गरेको सरसफाइ अभियानपछि अन्य पार्टीहरूसमेत कुचो बोकेर हिँड्न बाध्य भएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर