संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति (लाइभ)

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी छन्। शुक्रबार संसद भवन बानेश्वरमा उनले संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी हुन्।

संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन जारी छ। पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गरेकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *