ओलीको अहंकार कायमै रहे पाँच वर्षअघि नै संसद् विघटन होला भन्ने डर छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद् पाँच वर्षअघि नै विघटन हुने डर आफूलाई लागेको बताएका छन्। ओलीले संसद्मा गरेको पछिल्लो सम्बोधनले त्यो कुरालाई संकेत गर्ने उनको भनाइ छ।

बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले केपी ओली प्रवृत्ति बलियो हुँदै गयो भने त्यसले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन नसक्ने आरोपसमेत लगाए।

नेता पौडेलले ओलीले आफ्नै अहंकारका कारण आफू नेतृत्वको सरकार गुमाउनु परेको पनि बताए। ओलीले दुई तिहाइ नेतृत्वको सरकार चलाउन पाए पनि मुलुकको हितमा काम गर्न नसकेको उनको भनाइ थियो।

नेता पौडेलले छोटो समयमै सत्तालिप्सा देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि असन्तुष्टि व्यक्त गरे। मुलुकमा वैकल्पिक शक्ति भनेर उदाएको सो पार्टीले पुरानै शैली अपनाएर मुलुकलाई अघि बढाउने योजना ल्याउन नसकेको उनले बताए।

नेता पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणी पनि गरे। आफू पहिलो पटक संघीय संसद्मा पुगेको उल्लेख गर्दै उनले त्यो ठाउँ संसद् हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर