
मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टाेलीको प्रशिक्षक नियुक्त

भारतका मोन्टी देसाइ नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार औपचारिक रुपमा उनलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको हो। क्यानले उनीसँग दुई वर्षको सम्झौता गरेको छ।
यसअघि उनी वेस्ट इन्डिजको राष्ट्रिय टिमको प्रशिक्षक समेत भइसकेका थिए। उनीसँग भारतीय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ।
सन् २०१७ को एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई हराउँदा उनी नेपाली टिमको ब्याटिङ सल्लाहकार समेत थिए।
नेपालले त्रिकोणात्मक सिरिज खेल्दैछ। स्कटल्यान्ड र नामिबियासँग हुने त्रिकोणात्मक सिरिजका लागि २० खेलाडी अहिले बन्द प्रशिक्षणमा छन्।
- बंगलादेशमा हिन्दू नेताको हत्याको विरोधमा जनकपुरमा विरोध प्रदर्शन
- पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोप- टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्
- बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा अपहेलना मुद्दा
- विप्लवको गुनासो– प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन्
प्रतिक्रिया