पार्टीभित्र कुनै मतभेद छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गरेका छन्। आइतबार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रीउ कमिटीको पाँचौं पूर्ण बैठकको समापन गर्दै उनले सो दाबी गरेका हुन्।

अध्यक्ष नेपालले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिइएको विषयलाई फरक मत भनेर सञ्चारमाध्याममा आएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। पार्टीमा मतभेद नरहेको र नेताहरूबीच पनि कुनै खटपट नभएको उनको भनाइ छ।

अध्यक्ष नेपालले पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा ढुक्क हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर