रन फर ओबेसिटी म्याराथन फागुन २० गते

एनआरएस स्पोर्ट्स फाउण्डेशनले फागुन २० गते शनिवार रन फर ओबेसिटी म्याराथन गर्ने भएको छ । संस्थाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

म्याराथन ५ किलोमिटरको हुनेछ । म्याराथनमा सहभागी हुनका लागि खल्ती एपबाट २ सय रुपैयाँ भुक्तानी गरी दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ । भुक्तानी गरेसँगै टी–शर्टसहितका सामग्रीहरू प्रदान गर्ने पनि आयोजकले जनाएको छ ।

म्याराथन वसन्तपुरबाट सुरु भई रत्नपार्क, नागपोखरी, दरबारमार्ग, न्यूरोड हुँदै वसन्तपुरमै गएर टुंगिने छ । आयोजकले म्याराथनमा १ हजार जना सहभागी गराउने लक्ष्य लिएको छ । म्याराथन बिहान ६ः३० बजे सुरु भई साढे ७ बजे समापन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर