१५ दिनको समयसीमामै संसद नियमावली निर्माण गर्छौं : सहमहामन्त्री परियार

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संसद् नियमावली निर्माण कार्यलाई तीव्रता दिएको छ। बुधबार संसद् भवनमा बसेको समितिको बैठकले आफूलाई नियमावली निर्माणका लागि दिइएको १५ दिनको समयभित्र नै नियमावली निर्माण सक्ने गरी छलफल अघि बढाएको बताएको हो।

बैठकपछि बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नियमावलीमा प्रस्तावनादेखि विभिन्न नियमहरूमा छलफलहरू अघि बढाइरहेको बताए। उनले नियमावलीमा प्रत्येक पटक संसद् अधिवेशन सुरु भइसकेपछि नियमावली परिमार्जन गर्ने विगतदेखिकै अभ्यास रहेको र सोहीअनुसार नियमावली निर्माण गर्न १५ दिनको समयमै सक्ने गरी नियमावली निर्माण प्रक्रिया अघि बढाइएको बताए।

प्रतिनिधि सभाले नियमावली मस्यौदा समितिमा २१ जना सदस्य तोकेको छ। गत माघ १३ गते समितिको पहिलो बैठक बसेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *