प्रतिनिधि सभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

प्रतिनिधि सभामाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औं वार्षिक प्रतिवेदन पेस भएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन पेस गरेकी हुन्।

बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहाललाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पढेर सुनाए। सभामुख घिमिरले चितवन क्षेत्र नं २ को सांसद पद रिक्त भएको व्यहोरा बैठकमा जानकारी गराए।

.प्रतिनिधि सभाको अर्को बैठक यही माघ २२ गते आइतबार दिनको १ बजे बस्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *