मन्त्रीहरूले संघीयताविरोधी अभिव्यक्ति दिए स्वीकार्य हुँदैन : शक्तिबहादुर बस्नेत

सत्तारूढ नेकपा (माओवादी केन्द्र)का सांसद एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रीहरूले संविधानको मूल्य र मान्यताविपरीत फेरि टिप्पणी गरे स्वीकार्य नहुने चेतावनी दिएका छन्। सरकारका केही मन्त्रीहरूले संघीयताविरुद्ध अभिव्यक्ति दिइरहेका बेला उनको यस्तो आएको हो।

बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बस्नेतले मन्त्रीहरूलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरि नगर्न सचेत गराए। उनले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरूले त्यस्ता खालका गल्ती गर्न नहुने स्पष्ट पारे।

सांसद बस्नेतले राजनीतिक दलहरूलाई आ–आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भए पनि सरकारमा रहेका मन्त्रीहरूलाई जथाभावी बोल्ने अनुमति संविधानले नदिएको पनि स्मरण गराए। उनले परिवर्तनकारी शक्तिहरूलाई स्वीकार गर्ने आँट नभएकाले पनि मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा भने परिवर्तन आउन नसकेको दाबीसमेत गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *