बढ्यो सुनचाँदीको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।
अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएकामा आज पाँच सय रुपैयाँले बढेर एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ७० रुपैयाँ पुगेको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर