मुख्यमन्त्री जमरकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाल नियुक्त

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा (माओवादी केन्द्र)का युवा नेता देवीप्रसाद ढकाल नियुक्त भएका छन्। आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा ढकाललाई नियुक्त गरेको हो।

यसअघि तत्कालीन अर्थमन्त्री बर्षमान पुनको प्रमुख स्वकीय सचिवको जिम्मेवारी समेत सम्हालेका ढकाल गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको चुनावी घोषणापत्र लेखन समिति सदस्यका रुपमा समेत काम गरेका थिए।

विशेषगरी देशको न्याय र अर्थ राजनीतिका बारेमा जानकार ढकाल नेकपा (माओवादी केन्द्र) का एक बौद्धिक नेताका रूपमा चिनिन्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर