कर्णाली प्रदेशका प्रहरी संरचना लुम्बिनी ल्याउने पहल

कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी कार्यालय कर्णालीमा सार्न पहल गर्ने भएको छ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहल गरिने बताए। नेपालगञ्जमा रहेका ती निकायको अनुगमन तथा निरीक्षणका क्रममा उनले कर्णालीका नागरिकलाई शान्ति तथा सुरक्षा दिन पहलकदमी थाल्ने बताए।

उनले सोमबार लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र तथा कुकुर शाखा, संघीय प्रहरी इकाई, ड्रग शाखा, दंगा नियन्त्रण कार्यालय र विशेष सुरक्षा गणको अनुगमनग गरेका थिए।
सुरक्षा अधिकारीका अनुसार, कुकुर शाखा नेपालगञ्जमा हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिमप्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता रहेको छ।

अनुगमनका क्रममा मन्त्री जिसीले प्रहरी अधिकारीहरूलाई संविधानको दायरामा रहेर कर्णालीका नागरिकले महसुस गर्ने गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिए। सरकारले जनताको सुरक्षार्थ कर्णाली प्रदेशभरि विशेष सुरक्षा योजना बनाउन थालेको उनको भनाइ थियो।

मन्त्री जिसीका अनुसार, नेपालगञ्जबाट सञ्चालन हुँदै आएका सम्पूूर्ण प्रहरी कार्यालयहरू यही आर्थिक वर्षभित्र कर्णालीमा सार्ने लक्ष्य राखिएको छ। उनीसँगै अनुगमनमा रहेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी), भीमप्रसाद ढकालले ‘सुरक्षित प्रदेश विशेष सुरक्षा योजना’ बनाउने र त्यही योजनामा रहेर प्रदेश बाहिर रहेका प्रहरीका कार्यालयहरू कर्णालीमा ल्याइने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर