नेपाल एयरलाइन्सले टिकट बिक्री प्रभावकारी बनाउने

नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले टिकट बिक्री प्रणाली व्यवस्थापन प्रभावकारी बनाउने भएको छ। उक्त प्रयोजनका लागि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टासँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्ने गरी कार्यदल गठन गरेको हो।

निगमको टिक बिक्री वृद्धि गर्नका साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनका लागि कार्यदल गठन गरिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

आठ सदस्यीय कार्यदलमा निगमको वाणिज्य निर्देशक जनकराज कालाखेती, अर्थ विभाग निर्देशक उमेश पौडेल, साधरण सेवा तथा सम्पत्ति व्यवस्थापन निर्देशक अनिल घिमिरे र वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डे रहेका छन्।

त्यस्तै नाट्टाको तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, महासचिव कुमार मणि थपलिया, कोषाध्यक्ष राजकुमार देवकोटा र कार्यसमिति सदस्य सवला भण्डारी रहेका छन्। ‘ग्रोस फेयर्र’, न्यायोचित र सरलीकृत ढंगमा टिकटको बिक्री व्यवस्थापन गर्ने, ‘ग्रुप फेयर’, ‘भोइड’ टिकट ‘चार्ज फ्लाईट’ सम्बन्धी प्रभावकारी बनाउने विषयमा दुवै संस्थाका उच्च पदाधिकारीबीच छलफल भएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यही माघ ९ गते निगमको मुख्यालयको निरीक्षणका क्रममा आवश्यक निर्देशन दिँदै निगमको सेवालाई सुस्त र प्रभावकारी बनाउँदै र एक महिनाभित्र निगमको अनलाइन टिकटको व्यवस्थापन गर्न आग्रह गरेका थिए।

निगमकी प्रवक्ता खड्काका अनुसार आन्तरिकतर्फ यसअघि नै अनलाइन टिकट व्यवस्थापन गरिएको छ। अन्तर्राष्ट्रियमा पनि निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्ड होल्डरले टिकट काट्न सक्छन्। लोकल वालेटमार्फत टिकट काट्न सक्ने गरी यही जनवरी अन्तिमसम्म व्यवस्थापन गरिने निगमले उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *