
संसदीय छानविन समितिले पूर्वअर्थमन्त्री शर्मालाई बयानका लागि बोलायो

विशेष संसदीय छानविन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई वयानका लागि बुधबार बोलाएको छ । समिति पूर्व अर्थमन्त्री शर्मामाथि छानविन गर्न गठन गरिएको हो ।
समितिको बुधबार बैठकमा पूर्व सचिवहरु रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुंगानालाई छलफलका लागि बोलाएको छ। त्यसैगरी बजेट निर्माणमा बाहिरि व्यक्ति बोलाएको विषयमा समाचार लेख्ने अन्नपूर्ण दैनिक र कान्तिपुर दैनिकका पत्रकारहरुलाई पनि समितिले छलफलका लागि बोलाएको छ ।
बुधबारको बैठकमा पूर्वअर्थमन्त्री शर्मालाई बयानका लागि तय भएको छ । समितिको मंगलबार सम्पन्न बैठकले सीसीटीभी फुटेज रिकभरका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय गरेको छ ।
संसदीय छानबिन समितिमा ११ सदस्य छन्। तत्कालीन अर्थमन्त्री शर्माले बजेट बनाउने क्रममा बाहिरी व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको थियो। छानविन समिति बनेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
- तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौं : प्रधानमन्त्री
- सरकारले शिक्षकहरूका माग सम्बोधन गर्छ, उहाँहरू छिटै फर्किनुहुनेछ : प्रधानमन्त्री
- सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छ : प्रधानमन्त्री
- आदेश्वर मन्दिरमा मलमुत्र छर्कने महिला पक्राउ
प्रतिक्रिया