प्रहरीका २४ एसएसपीको काज सरुवा, काठमाडौं र ललितपुर प्रहरी प्रमुख पनि फेरिए

नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार आवश्यकताका आधारमा उनीहरूको काज सरुवा गरेको हो।

यससँगै जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरका प्रहरी प्रमुख पनि फेरिएका छन्।

काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत दानबहादुर कार्कीर ललितपुर प्रहरी प्रमुखमा प्रदेश प्रहरी कार्यालय, रूपन्देहीमा कार्यरत सिद्धिविक्रम शाहको सरुवा भएको छ।।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा डा. मनोजकुमार केसी सरुवा भएका छन्।

यसअघि बिहीबार नै १७ जना डीआईजीको पनि काज सरुवा भएकाे थियाे।

हेरौं काज सरुवा सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *