गण्डकीका मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरूबीच एकअर्काबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार प्रतिनिधि सभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका थिए।

अधिकारी सोमबार नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *